१. तपाईंको डेटा सुरक्षित छ?
धेरै सफ्टवेयरहरूले तपाईंको सबै डेटा क्लाउडमा पठाउँछन्। यो सुन्दा आधुनिक लागे पनि, जोखिमहरू यस्ता छन्:
- तपाईंको गोप्य व्यवसायिक जानकारी बाहिर जान सक्छ।
- इन्टरनेट नहुँदा सफ्टवेयर चल्दैन।
- ह्याकर वा तेस्रो पक्षको पहुँचको सम्भावना हुन्छ।
तर J-Jewellery Software पूर्ण रूपमा फरक छ:
✅ तपाईंको सम्पूर्ण डाटा तपाईंको कम्प्युटरमै सुरक्षित रहन्छ।
✅ सफ्टवेयर इन्टरनेटबिनै चल्छ।
✅ तपाईंको डाटामा तपाईंको पूर्ण नियन्त्रण हुन्छ।
✅ Automatic Backup तपाईंकै Google Account मा गर्न सकिन्छ।
२. तपाईंको पसलमा के के कुरामा सहज बनाउँछ?
- अर्डर प्रणाली र एडभान्स रकमको हिसाब
- खरिद–बिक्री
- सुन, चाँदी, हीरा, रत्नहरूको स्टक म्यानेजमेन्ट
- पुराना गहना साटासाट
- गहना फिर्ता प्रणाली
- दैनिक, मासिक, वार्षिक रिपोर्ट
- किस्ताबन्दी र ऋण व्यवस्थापन
J-Jewellery Software ले यि सबै कार्यहरूलाई सजिलै सम्हाल्छ।
३. के यो IRD (आन्तरिक राजस्व कार्यालय)बाट प्रमाणित सफ्टवेयर हो?
- सरकारद्वारा अनलाइन बिलिङ्ग प्रणाली अनिवार्य गराईदै लागिएको छ।
- J-Jewellery Software प्रयोग गर्दा Online Billing मा जानै पर्छ भन्ने जरुरी छैन।
- आवस्यक परेमा कुनै पनि बेला तपाइँले अनलाइन बिलिङ्ग गर्न सक्नुहुन्छ।
- IRD ले दिएको Guideline हरु पुरा भएको छ, भविस्यमा कुनै समस्या पर्दैन।
४. बिक्रीपछिको सेवा छ कि छैन?
धेरै सफ्टवेयर विक्रेताहरू बिक्रीपछि हराउँछन्। जसका धेरै कारणहरु छन्।
- कुनै पनि कम्पनि एक भन्दा धेरै Software को काम गर्छ भने त्यस्तो कम्पनिले Jewellery पसललाई कम प्राथमिकतामा राख्न सक्छ। तुलनात्मक रुपमा अन्य व्यबसाय भन्दा Jewellery पसल कम छन्।
- यदि त्यो कम्पनिले आफैँ सफ्टवेयर नबनाएर अर्को कुनै कम्पनिको सफ्टवेयर बिक्रि गरिरहेको छ भने।
- छोटो समयमा कुनै कम्पनिले धेरै प्रकारका विकल्पहरु बदलिरहन्छ भने, उसले अहिले गरिरहेको सफ्टवेयरको काम पनि परिवर्तन गर्न सक्छ। र भोलिको दिनमा उपलब्ध नहुन सक्छ।
- क्षणिक आम्दानीको लागि धेरै नै सस्तोमा कसैले सफ्टवेयर बिक्रि गरिरहेको छ भने, भोलिको दिनमा उसले तपाइँलाई आवस्यक पर्ने सपोर्ट दिने कर्मचारी ब्यबस्थापन गर्न सक्दैन।
J-Jewellery Software ले तपाईंलाई स्थानीय स्तरको भरपर्दो सपोर्ट दिन्छ। प्रयोग गरिरहेका ज्वेलरी पसलहरूबाट कुनै नकारात्मक प्रतिक्रिया छैन।
५. के तपाईंको आवस्यकता अनुसार कस्टमाइज गर्न मिल्छ?
J-Jewellery Software नेपाली गहना पसलको लागि, नेपालमा बनेको सिस्टम भएकोले, यहाँको नीति नियम या काम गर्ने तरिका अनुसार सफ्टवेयरमा फेर बदल गर्न सकिन्छ।
यदि तपाईंलाई Software, IRD, Stock मिलान लगायत बिषयमा अझ धेरै जानकारी लिनु छ भने हामीलाई सम्पर्क गर्नु होला।
Contact
Matrika Technology Pvt. Ltd.
New Baneshwor, Kathmandu
9852044102 | 9811346311 | 01-5925122